मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्से परिसूचकमा सोमबार सामान्य अंकको सुधार देखिएको छ।
काठमाडौँ– अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य अंकको सुधार देखिएको छ।
नेप्से परिसूचक सोमबार ५.८४ अंकले बढेर २१०६.१८ बिन्दुमा कायम भएको छ। सोमबार विभिन्न कम्पनीका २६२ कम्पनीको ५५ लाख ३१ हजार ७३७ कित्ता शेयर ४० हजार ३०३ पटक खरिदबिक्री हुँदा एक अर्ब ८५ करोड ८० लाख दुई हजार १७५ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
जलविद्युत् समूह ८.५७, लघुवित्त समूह ४.१०, र म्युचुअल फन्डका उपसूचक घटेका छन् भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै व्यापार समूह ५६.०१ र उत्पादन तथा प्रशोधन समूह २५.७६ अंकले बढेका छन्। बैंकिङ समूह ९.६८, विकास बैंक १८.१२, वित्त २३.२०, होटल तथा पर्यटन ३.७६ र लगानी समूह ०.१० अंकले बढेको छ। त्यस्तै, जीवन बीमा समूह २.४८, निर्जीवन बीमा समूह ४.६१ र अन्य समूह ०.०८ अंकले बढेको छ।
सोमबारको कारोबारपछि सनराइज ब्लुचिप फन्डको शेयर मूल्य सबैभन्दा धेरै ७.१० प्रतिशतले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा भने विइन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४.३१ प्रतिशतले घटेको छ।
सोमबार शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै आठ करोड ८ लाख ८६ हजार ६०५ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी उन्नति कोषको एक लाख ९० हजार ५२५ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
