पाकिस्तानमा बाजौरी जिल्लामा आयोजित राजनीतिक सभालाई लक्षित गरी भएको विस्फोटमा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।
पाकिस्तानको बाजौर जिल्लामा भएको विस्फोटमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।
पाकिस्तानी सञ्चारमाध्यम डनन्युजका अनुसार पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक कट्टरपन्थी इस्लामिक पार्टीको राजनीतिक भेलामा आइतबार विस्फोट भएको हो।
केपीका कार्यवाहक सूचना मन्त्री फिरोज शाह जमालले मृतकको संख्या र घाइतेको संख्या पुष्टि गर्दै बाजौर र आसपासका क्षेत्रका अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको बताएका छन्।
“हामी गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत पेशावर र अन्य अस्पतालमा लैजाने प्रयास गरिरहेका छौँ,” उनले जियो न्युजसँग भने, “अहिले हाम्रो उच्च प्राथमिकता घाइतेको उपचार गर्नु हो। पाकिस्तानी सेना र अन्य संस्थाहरूले हामीलाई यस कार्यमा सहयोग गरिरहेका छन्।”
यसैबीच, बाजौरका जिल्ला आपत्कालीन अधिकारी साद खानले खार तहसीलका जमीयत उलेमा–ए–इस्लाम (एफ) पार्टीका अमिर मौलाना जियाउल्लाह जानको पनि विस्फोटमा मृत्यु भएको बताएका छन्।
अफगानिस्तानसँग सीमा जोडिएको खार शहरमा यसै वर्षको अन्त्यमा हुन लागेको निर्वाचनअघि हुन लागेको जमीयत उलेमा–ए–इस्लाम पार्टीको अधिवेशनलाई लक्षित गरी विस्फोट गराइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
