नेप्से परिसूचक आइतबार २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा सीमित भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार २६.१४ अंकले घटेर २१००.३४ बिन्दुमा सीमित भएको छ।
विभिन्न २६६ वटा कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता शेयर ४६ हजार ३२७ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५० करोड २८ लाख ८६ हजार ५२७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
म्युचुअल फन्ड ०.०४ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै निर्जीवन बीमा समूह २१०.३७ अंक र जीवन बीमा समूह १८८.१८ अंकले घटेको छ।
आइतबार बैंकिङ ७.९८, विकास बैंक ५९.१६, वित्त ४३.६५, होटल तथा पर्यटन १२०.८२ र जलविद्युत् ३३.६५ अंकले घटेको छ।
त्यसैगरी, लगानी समूह ०.५९, उत्पादन तथा प्रशोधन ३२.७९, लघुवित्त ६५.३५, व्यापार ६०.०९ र अन्य समूह २८.५१ अंकले घटेको छ।
आइतबारको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता तीन दशमलव ५६ प्रतिशतले दरले बढेको छ भने सबैभन्दा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ६.७८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १४ करोड ७८ लाख ७४ हजार ३४९ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्या आधारमा भने सोल्टी होटल लिमिटेडको दुई लाख ६८ हजार ७७४ कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
