एमाले सचिव योगेश भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन्।
काठमाडौँ– सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गरेका छन्। संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पारेका छन्।
संसदीय प्रक्रियाअनुसार संसद् र समितिहरू चल्न नसकेको भन्दै उनले गठबन्धनका कारण समितिहरूले पूर्णता पाउन नसकेको दाबी गरे। “सत्तारुढ गठबन्धनका कारण सिर्जना भएको समस्याको भारी प्रतिपक्षले बोक्न चाहन्न,” उनले भने, “संसदीय प्रक्रियाअनुसार समितिले पूर्णता नपाए सम्भवतः हामी समितिका यसपछिका कुनै पनि बैठकमा उपस्थित हुँदैनौँ। सभापतिलाई यसबारे अग्रिम जानकारी गराउन चाहन्छौँ।”
संसद् प्रभावकारी रूपमा चल्न नसक्दा मुलुकको राष्ट्रिय एकताको प्रतीक संसद् र संविधान बन्न नसकेको उनले जिकिर गरे। “प्रतिपक्षी दल एमालेले कुनै भागबन्डा मागेको छैन। यद्यपि, लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने अभ्यास छ। गठबन्धनले यो पनि दिन चाहँदैन भने हामीलाई चाहिँदैन। तर संसदीय प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ,” उनले भने। समितिले काम शुरू गरेको तीन महिनासम्म पनि सभापति चयन हुन नसक्नु राम्रो नभएको उनको भनाइ छ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पनि संसदीय समितिहरूले चाँडो पूर्णता पाउनुपर्ने बताए। ज्येष्ठ सदस्यका रूपमा समितिको सभापतित्व गरिरहेका अर्जुननरसिंह केसीले यस विषयमा समितिको गम्भीर ध्यानाकर्षण भएको बताए।
समितिको आइतबारको बैठकले सार्वजनिक लेखा समिति सञ्चालन कार्यविधि, २०८० पारित गरेको छ। उक्त कार्यविधिको मस्यौदामाथिको छलफल पनि समितिको आइतबारको बैठकमा चलेको थियो। कार्यविधि मस्यौदा तयार पार्नका लागि समिति सदस्य राजन केसी संयोजकत्वमा एक उपसमितिले बनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
