विष्णु गाउँपालिका–५ फेन्हरा तथा भारततर्फ जिल्ला सीतामढी बगाहा ग्रामपञ्चायत–२ मा पर्ने दशगजा क्षेत्रमा २८ वटा पक्की तथा फुसको घरटहरा हटाइएको बताइएको छ।
लालबन्दी– सर्लाहीको अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा वर्षौँदेखि अनधिकृतरूपमा बसेको बस्तीलाई हटाइएको छ। सर्लाहीस्थित १० नं सशस्त्र प्रहरी बल र भारततर्फका सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त प्रयासबाट अतिक्रमित क्षेत्र खाली गराइएको हो।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोडैता नगरपालिका–१२ मधुवनी बस्तीमा अवस्थित दशगजा क्षेत्रमा नेपाल र भारत दुवैतर्फका नागरिकले अतिक्रमण गरी निर्माण गरिएको घर, पसल तथा पशुगोठजस्ता संरचना हटाइएको बताए। उनले सदरमुकाम मलंगवाबाट १५ किमी पश्चिम–दक्षिणमा पर्ने नेपालतर्फका मधुवनी बस्ती र भारततर्फको मेजरगञ्ज प्रखंड, बहेरा ग्राम पञ्चायत वडा नं १२ को दशगजा क्षेत्रको ४१ वटा घरटहरा तथा पशुगोठजस्ता संरचना हटाइएको जानकारी दिए।
यस दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय पिलर नम्बर ३३६, ३३६ (१, २ र ३) जस्ता बिजोर सीमास्तम्भ भारत सरकारले बनाएको छैन भने जोर पिलर नेपाल सरकारले निर्माण सम्पन्न गरेको बताइएको छ। भारत सरकारले स्तम्भ नबनाउँदा सीमास्तम्भको स्थानमा बाँस तथा साना पत्थर राखेर अन्र्तराष्ट्रिय सीमा छुट्याइएको छ।
त्यसैगरी विष्णु गाउँपालिका–५ फेन्हरा तथा भारततर्फ जिल्ला सीतामढी बगाहा ग्रामपञ्चायत–२ मा पर्ने दशगजा क्षेत्रमा २८ वटा पक्की तथा फुसको घरटहरा हटाइएको बताइएको छ। सीमा अतिक्रमण गरी बसेका व्यक्तिले सीमास्तम्भ छोपिने गरी घर निर्माण गरेको मधुवनी बस्तीका अभिताभ कुशवाहले बताए।
जिल्लाको बलराबाट सङ्ग्रामपुरसम्मको ४२ किलोमिटर सीमाक्षेत्रमा पर्ने ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगर सेखटोल र भारततर्फ जिल्ला सीतामढी सोनवर्षा ग्रामपञ्चायत–८ सोनवर्षामा आठवटा घर तथा पसल हटाइएको छ। यहाँ सीमाक्षेत्र अतिक्रमण गरी दशगजाको पिलर पार गरेर त्रिभुवन नगरको पुलछेउसम्म नै आएर भारतीयले टहरा बनाउने, पसल थाप्ने गरिरहेका थिए।
पछिल्लो समय नेपाल–भारत सीमाक्षेत्र स्वतन्त्ररूपमा छुट्याइएपछि दुवै मुलुकका सुरक्षाकर्मीले आ–आफ्नो भूमि प्रयोग गरी सीमाक्षेत्रको रेखदेख गरिरहेका छन्। त्यस्तै बलरा नगरपालिका–५ अर्नाहा र भारततर्फ जिल्ला सीतामढी सिजुवा ग्रामपञ्चायत–३ बेलवा सीमाक्षेत्रको चारवटा घरटहरा हटाइएको छ। प्रजिअ इन्द्रदेव यादवले भारतको सीतामढी जिल्लासँग जोडिएको सर्लाहीको ४२ किलोमिटर क्षेत्रको सीमा अतिक्रमण लगभग खाली गराइएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
