कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले एमालेका युवाहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न नसकेको टिप्पणी गरेका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरूको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको टिप्पणी गरेका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
कांग्रेसका युवाहरूले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरे पनि एमालेका युवाहरूमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने आँट नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो।
उनले एमालेका युवाहरूलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरूबाट आफूहरूको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताए। “केपी कमरेड अब तपाईं होइन, हामी भनेर कोही उभिएको भए हुन्थ्यो नि भन्दा एक जना मित्रले के भन्नुभयो भने होइन यार, कांग्रेसमा जस्तो हाम्रो कहाँ छ र ? हाम्रो त कुनामा बस्ने, दुनामा खाने। हाम्रो त यस्तो अवस्था छ। त्यसैले मैले के भनेको भने यो प्रतिस्पर्धालाई साथीहरूले नराम्रो मान्न हुँदैन,” उनले भने।
महामन्त्री शर्माले कांग्रेसका युवाहरूले सभापति शेरबहादुर देउवासँग संसदीय दलमा हारिन्छ भन्ने थाहा हुँदाहुँदै गगन थापालाई उम्मेदवारी दिन लगाएर युवाहरू पनि पार्टीमा छौँ भन्ने सन्देश दिइएको स्पष्ट पारे। उनले अब कांग्रेसबाट सिको गर्दै सबै राजनीतिक दलहरूले पार्टीका बैठकहरू लाइभ गर्ने दाबीसमेत गरे।
महामन्त्री शर्माले कांग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताए। निर्वाचनलाई परीक्षासँग तुलना गर्दै परीक्षामा उर्त्तीण हुन पढ्नु पर्ने भएकाले कांग्रेसले सो परीक्षामा सफल हुने गरी जनताको पक्षमा काम गर्ने कुरालाई जोड दिने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
