मंगलबार कर्णाली प्रदेशलाई १४० रनले हराउँदै आर्मीले अन्तिम चारमा पुलिससँगको भेट पक्का गरेको छ।
काठमाडौं– विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेशका लागि अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्ने भएको छ। मंगलबार कर्णाली प्रदेशलाई १४० रनले हराउँदै आर्मीले अन्तिम चारमा पुलिससँगको भेट पक्का गरेको हो।
पुलिस ४ खेलमा ८ अंकका साथ समूह ‘बी’ मा शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। आर्मी समान खेलमा ६ अंकसहित समूह ‘ए’को उपविजेता बनेर सेमिफाइनलमा पुगेको हो।
आर्मीले दिएको २५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्णालीले २८ ओभर ३ बलमा ९ विकेट ११४ रन मात्र बनाउन सक्यो। कर्णालीका विपीन रावलले सर्वाधिक ४८ रन बनाए। उनले ६३ बलमा ६ चौका प्रहार गरे।
अर्जुन घर्तीले १७ तथा प्रकाश जैशी र सन्दीप शाहीले समान ११/११ रन बनाए। कर्णालीका हिमान्सु शाही ‘एब्सेन्ट हर्ट’ भएका थिए।
आर्मीका रोहित पौडेलले ४ ओभर बलिङ गर्दै १५ रन खर्चिएर ३ विकेट लिए। हरि चौहान र शाहब आलमले २/२ विकेट लिए।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ६ विकेट गुमाएर २५४ रन बनाएको थियो।
आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित रहँदै सर्वाधिक ३७ रन बनाए। उनले २८ बलमा १ चौका र ३ छक्का प्रहार गरे।
कुशल मल्ल र रोहित पौडेलले समान ३५/३५ रन जोडे। हरि चौहानले ६३ बलमा २ चौका र १ छक्कासहित ३१ रन जोडे। राजेश पुलामी २८ रनमा अविजित रहँदा अर्जुन साउद २० र अनिल मण्डल १७ रनमा आउट भए।
कर्णालीका प्रकाश जैसीले १० ओभर बलिङ गर्दै ६३ रन दिएर ३ विकेट लिए। दीपेन्द्र रावतको नाममा २ विकेट रह्यो। दिनेश अधिकारीले भने १ विकेट लिए।
यस जितसँगै आर्मीले समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाएको हो। आर्मीले ४ खेलमा ६ अंक जोड्यो। यस समूहबाट एपीएफ ७ अंक जोडेर समूह विजेताको रूपमा अन्तिम चारमा प्रवेश गरिसकेको छ।
आर्मीको जितसँगै गण्डकी प्रदेश समूह चरणबाटै बाहिरिएको छ। कर्णाली पनि अंकविहीन रहँदै पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
