भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ।
काठमाडौँ– गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १६ अर्ब आठ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ।
सात अर्बको स्याउ आयात
विभागका अनुसार गत आवमा सात अर्ब नौ करोड ४४ लाख ७७ हजार मूल्य रुपैयाँ बराबरको आठ करोड ३२ लाख ७४ हजार तीन सय ३१ केजी स्याउ आयात भएको छ। त्यसबाट सरकारले ८६ करोड ८३ लाख ८९ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
सार्वजनिक विवरणअनुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ। चीनबाट मात्र पाँच अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ।
त्यस्तै, भारतबाट एक अर्ब ९३ करोड आठ लाख ७८ हजार, अमेरिकाबाट ५० लाख ३४ हजार, स्वीजरल्यान्डबाट २७ लाख २० हजार रुपैयाँ बराबरको स्याउ आयात भएको विवरण छ।
दुई अर्बको अंगुर आयात
गत आवमा मुलुकमा दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार रुपैयाँ बराबरका तीन करोड नौ लाख आठ हजार एक सय ७२ केजी ताजा अंगुर आयात भएको छ। त्यसबाट सरकारले ११ करोड एक लाख ७० हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
ताजा अंगुर सबैभन्दा धेरै भारतबाट दुई अर्ब १३ करोड ७६ लाख ६५ हजार बराबर तथा चीनबाट दुई करोड १२ लाख तीन हजार बराबरको आयात भएको छ।
केरा आयातबाट एक अर्ब ६२ करोड बाहिरियो
विभागका अनुसार गत आवमा एक अर्ब ६२ करोड ७३ लाख ९९ हजार बराबरको केरा आयात भएको छ। कुल पाँच करोड ३३ लाख ९४ हजार ७९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले २९ करोड ४३ लाख ३८ हजार राजस्व संकलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ।
विभागका अनुसार गत आवमा ८९ लाख चार हजार १२७ केजी अनार आयातमा ९३ करोड ४९ लाख ३५ हजार रुपैयाँ बाहिरिएको छ। जसबाट सरकारले नौ करोड ४९ लाख ९० हजार राजस्व उठाएको छ।
सार्वजनिक विवरणअनुसार गत आवमा ८८ करोड १८ लाख ८४ हजार बराबरको एक करोड ५४ लाख ८७ हजार ८८१ केजी सुन्तला आयात भएको छ। त्यस्तै, एक करोड ५५ लाख ५१ हजार ३६८ केजी अम्बा तथा आँप आयातमा ७० करोड दुई लाख ७२ हजार रुपैयाँ बाहिरिएको छ। साथै दुई करोड ७० लाख ७७ हजार २८६ केजी खरबुजा आयातका लागि ६८ करोड ९५ लाख ४० हजार बराबर रकम बाहिरिएको छ।
नेपालको हावापानी सुहाउँदो फलका रूपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ। विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार ३०८ केजी मेवा आयात भएको देखिन्छ। मेवाको आयात मूल्य ३० करोड ९० लाख ८१ हजार रुपैयाँ बराबर छ।
यस अवधिमा १३ करोड ६२ लाख ५८ हजार बराबरको ३० लाख ५० हजार ८९० केजी भूइँकटहर आयात भएको छ, भने १५ लाख ६२ हजार ७३८ किलो नास्पाती आयातमा १२ करोड ३६ लाख २६ हजार खर्च बाहिरिएको छ।
त्यस्तै, ९ करोड ४५ लाख ७८ हजार रुपैयाँ बराबरको दुई लाख ५८ हजार ६२८ किलो एभोगाडो आयात भएको छ भने सात करोड ५२ लाख २१ हजार बराबरको चार लाख १० हजार ३२२ किलो किवी आयात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
