बिहीबार कुल ६२ लाख ७१ हजार ७७७ कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार ७८० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९.७१ अंकले ओरालो लागेर २१२६.४८ मा सीमित भएको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.२६ अंकले ओरालो लागेर ४०३.८४ मा सीमित भएको हो।
बिहीबार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट आएको छ। कुल ६२ लाख ७१ हजार ७७७ कित्ता शेयर दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार ७८० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ।
नेप्सेका अनुसार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ। सो कम्पनीको १० करोड ५७ लाख ५९ हजार ९६६ मूल्यमा खरिद बिक्री भएको छ।
यस्तै, हिमालयन लाइफ इन्स्योरेन्स आठ करोड ३६ लाख ६० हजार ५७३, प्रोगेसिभ फाइनान्स ६ करोड ८० लाख ७७ हजार, नेपाल पुनरबीमा कम्पनी ६ करोड ११ लाख ७१ हजार र एभरेस्ट बैंक ६ करोड तीन लाख ८० हजार ६१६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार, एनआइसी एशिया फ्लेक्स फन्ड ७.३९, मनकामना स्मार्ट लघुवित्त ५.९०, इमर्जिङ नेपाल ५.६६, अभियान लघुवित्त ५.६१ र सिक्लेस हाइड्रोपावरको शेयर मूल्य ४.०९ प्रतिशतले बढेको छ।
यस्तै, किसान लघुवित्त ८.६८, प्रोगेसिभ फाइनान्स ४.९८, माइ खोला हाइड्रोपावर ४.९०, मिथिला लघुवित्त ४.६७ र बरुण हाइड्रोपावरको शेयर मूल्य ४.२० प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
