राष्ट्रियसभामा नै उत्पत्ति भएको विधेयक गत असार ३१ गते प्रतिनिधिसभाबाट संशोधनसहित पारित भएको थियो।
काठमाडौँ– राष्ट्रियसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ।
बिहीबारको दोस्रो बैठकले मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारबाही गर्ने प्रयोजनका लागि सो विधेयक पारित गरेको हो।
अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा राष्ट्रियसभाले संशोधन स्विकार गरी पुनःपारित गरेको हो।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो। अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ।
पहिलो बैठकमा सचिव डा सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका थिए। राष्ट्रियसभामै उत्पत्ति र पारित भएको विधेयक प्रतिनिधिसभाले गत असार ३१ गते संशोधनसहित पारित गरेको थियो।
सभाको अर्को बैठक साउन १८ गते बिहीबार दिउँसो १ बजे बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
