जितसँगै पुलिस समूह ‘बी’ बाट विजेता र मधेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्।
काठमाडौं– स्पिनर कुशल भुर्तेलले घातक बलिङ गर्दै पाँच विकेट लिएपछि विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विशाल जित निकालेको छ।
मंगलबार सम्पन्न खेलमा मधेश प्रदेशलाई पुलिसले १९१ रनले पराजित गरेको हो। यो जितसँगै पुलिस समूह ‘बी’ बाट विजेता र मधेश उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन्।
जितका लागि २७४ रनको लक्ष्य पछ्याएको मधेश २९.३ ओभरमा ८२ रनमा अलआउट भयो। मधेशका लागि आदिल आलम अन्सारीले सर्वाधिक ४२ रन बनाए। उनले ७६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।
रतन रौनकले ३० बलमा १ चौकासहित ११ रन बनाए। कप्तान हरिशंकर शाह १० रनमा आउट भए। मधेशका ४ ब्याटर भने शून्य रनमै आउट भएका थिए।
नेपाल पुलिस क्लबका कुशल भुर्तेलले ८.३ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिए। करण केसीले ३ विकेट लिए। राशिद खानको नाममा २ विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिस ४९.१ ओभरमा २७३ रनमा अलआउट भयो। पुलिसका उपकप्तान आरिफ शेखले सर्वाधिक ७३ रन बनाए। उनले ८६ बलमा ८ चौका र १ छक्का प्रहार गरे।
तेस्रो नम्बरका ब्याटर अमित श्रेष्ठले ९६ बलमा ९ चौकासहित ६५ रन बनाए। यता, कप्तान दीपेन्द्रसिंह ऐरी ४३ बलमा ३ चौका र १ छक्कासहित ५१ रन बनाए।
तल्लोक्रमका दीलिप नाथ ४० र सनील धमला ११ रनमा आउट भए। मधेशका राजेश यादव र रुपेश सिंहले ३/३ विकेट लिए। मोहम्मद आदिल आलमले २ विकेट लिए। हरिशंकर शाहको नाममा १ विकेट रह्यो।
पुलिस ४ खेलमा ८ अंकका साथ समूह ‘बी’ मा शीर्षस्थानमा रह्यो। मधेश ४ खेलमा २ मा जित, एक टाई र एक हारसहित ५ अंकका साथ दोस्रो स्थानमा रह्यो। पुलिसले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता आर्मीसँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
