कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रीय समिति बैठकको निर्णयबारे छलफल हुने

११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्त्वपूर्ण निर्णय गर्दै बुधबार समापन गर्ने कांग्रेसले जनाएको छ।

काठमाडौँ– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको समसामयिक विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका छन्।

मंगलबार अपराह्न ४ बजे निजी निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाइएको देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।  

केन्द्रीय समिति बैठकको निर्णयको आवश्यक तयारीका लागि पदाधिकारी बैठक बोलाएको बताइएको छ। कांग्रेस केन्द्रीय समिति बैठक साउन २ देखि जारी छ।

११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्त्वपूर्ण निर्णय गर्दै बुधबार समापन गर्ने तयारी छ।