सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने ओलीको चेतावनी छ।
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक क्विन्टल सुन बाहिरिएको बारेमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सोमबार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले गृहमन्त्रीले गैरजिम्मेवार आरोप लगाएका हुन्।
“गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्छ,” ओलीले भने, “सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरू मोड्ने काम गरिरहनुभएको छ। सुन काण्डको कारबाही अन्तिमसम्म नपुर्याई एमालेले छाड्दैन।”
सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने ओलीको चेतावनी छ। “क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री टारको गालामा गएर काँक्रोको बियाँ अर्काको गालामा टाँस्नुहुन्छ,” उनले प्रश्न गरे, “विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन?”
ओलीले गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्नसमेत चेतावनी दिए। “म उहाँलाई सचेत गराउन चाहन्छु। गृहमन्त्रीको हैसियतले बोल्दा तरिका पुर्याएर बोल्नुपर्छ। यो त बत्तमिजीको कुरा मात्रै होइन, गैर जिम्मेवारीको हद भयो,” उनले भने।
गृहमन्त्री श्रेष्ठले सुन समातिएपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा कुनै पनि टार, कोट र पार्टीले छानबिन रोक्न नसक्ने अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर अध्यक्ष ओलीले गृहमन्त्रीलाई चेतावनी दिएका हुन्।
ओलीले क्विन्टल सुन विमानस्थलबाट बाहिरिँदा त्यहाँको सुरक्षा व्यवस्था के भएको थियो भन्दै गृहमन्त्रीको भूमिकामाथि नै शंका गरेका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
