आइतबार नेप्से उच्च अंकले वृद्धि भएसँगै तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार मौद्रिक नीति सर्वाजनिक गरेसँगै त्यसको प्रभावस्वरूप नेप्से उच्च अंकले वृद्धि भएको हो।
राष्ट्र बैंकले मौद्रिक नीतिमा शेयर तथा घरजग्गा कर्जाको जोखिमभार पुनरावलोकन गर्ने घोषणा गरेको छ। सो घोषणा भएसँगै नेप्से परिसूचक ६३.२४ अंक बढेर २२२७.२४ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १४.४१ अंक बढेको छ भने फ्लोट इन्डेक्स ४.७७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.५१ अंक बढेको छ ।
आइतबार कारोबारमा आएका २६६ कम्पनीको १ करोड २० लाख २ हजार कित्ता शेयर ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबर खरिदबिक्री भएको छ। अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकम पनि वृद्धि भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको थियो।
नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ उपसमूहको परिसूचक ४.९८ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ।
आइतबार नेप्से उच्च अंकले वृद्धि भएसँगै तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा किसान लघुवित्त, चन्द्रागिरि हिल्स र लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
त्यस्तै, स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई बैंक र कालिन्चोक दर्शको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। आइतबारको कारोबार शिवम् सिमेन्ट कम्पनीको १४ करोड ८१ लाख रुपैयाँ भन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
