गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ।
काठमाडौँ– गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ। कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने/तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरूलाई कारबाही गरेको हो।
कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो। पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको कार्यालय प्रमुख राकेशकुमार झाले जानकारी दिए।
“अनुगमनका क्रममा कतिपय व्यापारीले यन्त्रको दर्ता नगराएको र दर्ता गरेका व्यापारीले पनि नवीकरण नगरेको भेटिएको छ,” उनले भने। कार्यालयले आव २०७९/८० मा तीन हजार ४४० व्यापारीलाई नापतौल तथा नाप्ने/तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ।
प्रमुख झाका अनुसार सीमित स्रोतसाधनका बीच पनि कार्यालयले नापतौलसम्बन्धी ७७ पटक एकल र ६३ पटक संयुक्त रूपमा बजार अनुगमन गरेको थियो। आव २०७९/८० मा आठ हजार ८५८ व्यापारीले नापतौल तथा नाप्ने/तौलने यन्त्र जाँच तथा नवीकरण गरेका छन्। सोही अवधिमा ६ हजार ८३७ ट्याक्सीको मिटर जाँच गरेको छ।
कार्यालयले आव २०७८/७९ मा अनियमित नापतौल तथा नाप्ने/तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने आठ हजार ८५१ व्यापारीलाई कारबाही गरेको थियो भने एक हजार ५०९ व्यापारीलाई नापतौल तथा नाप्ने/तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरण गरेको थियो।
आव २०७८/७९ मा ६ हजार ६२६ ट्याक्सीको मिटर जाँच गरेको कार्यालयका सूचना अधिकारी नीराजन पुडासैनीले जानकारी दिए। कार्यालयले एक करोड ८५ लाख ५४ हजार राजस्व संकलन गरेको थियो। “जानीजानी सेवाग्राहीलाई ठगी गर्ने क्रम बढेकाले कारबाहीलाई प्राथमिकता दिएका छौँ,” उनले भने, “नियतवश आम उपभोक्तालाई ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउँछौँ।”
कार्यालयले आव २०७९/८० मा दुई करोड नौ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा नापतौलको अनुगमन तथा गल्ती गर्नेलाई कारबाही गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
