आफ्ना ग्राहकका नयाँ र पुराना गरी ९७ लाख तथ्यांकहरू जोखिममा रहेको मेडिब्यांकको भनाइ छ। सो गिरोहले सोमबार फिरौती रकम मागेको तर कम्पनीले दिन अस्वीकार गरेपछि ह्याकिङको धम्की दिएको कम्पनीले बताएको छ।
साइबर अपराध गर्ने एक गिरोह (ह्याकर) ले अस्ट्रेलियाको सबैभन्दा ठूलो निजी स्वास्थ्य बिमा कम्पनी मेडिब्यांकका तथ्यांकहरू २४ घण्टाभित्र सार्वजनिक गरिदिने धम्की दिएको छ। सो गिरोहले माग गरेको फिरौती रकम मेडिब्यांकले दिन नमानेपछि तथ्यांक सार्वजनिक गर्ने धम्की दिएको मेडिब्यांकले जनाएको छ।
आफ्ना ग्राहकका नयाँ र पुराना गरी ९७ लाख तथ्यांकहरू जोखिममा रहेको मेडिब्यांकको भनाइ छ। सो गिरोहले सोमबार फिरौती रकम मागेको तर कम्पनीले दिन अस्वीकार गरेपछि ह्याकिङको धम्की दिएको कम्पनीले बताएको छ।
सोमबार “एक्सटोर्सन ग्यांग” नामक एक ब्ल्गरले डार्क वेभमा एक सन्देश पठाउँदै आफ्नो पहुँचमा रहेका मेडिब्यांकका तथ्यांक तथा विवरण २४ घण्टाभित्र सार्वजनिक गरिदिने र यसका ग्राहकलाई उनीहरूको मेडिब्यांकमा रहेको सेयर बेच्न सुझाव दिने भन्दै धम्की दिएको थियो।
मेडिब्यांकका प्रमुख कार्यकारी अधिकृत डेभिड कोज्करले मंगलबार विज्ञप्तिमार्फत भने, “सो आपराधिक गिरोहले हाम्रा तथ्यांकहरू अनलाइनमा सार्वजनिक गरिदिने सम्भावना हुनसक्छ, तर सो गिरोहको धम्कीका कारण हाम्रा ग्राहकवर्गमा तनाव बढाएको छ।” उनले आफ्ना ग्राहकवर्गलाई सतर्क बस्न र कुनै आपराधिक व्यक्तिले सिधै सम्पर्क गर्नसक्नेतर्फ सचेत रहन अनुरोध गरेका छन्। कोज्करले भन्छन्, “हामीले फिरौती रकम दिने नदिनेबारे साइबर विज्ञहरूसँग पनि छलफल गर्यो। तर फिरौती दिएपनि ह्याकरको पहुँचमा रहेका तथ्यांकहरू सुरक्षित नहुने र थप मानिसहरूलाई हानी पुग्ने थाहा भयो।”
यसअघि पनि मेडिब्यांकले आफ्ना कम्पनीका सेयर बिक्रीमा समस्या आएपछि साइबर आक्रमणसम्बन्धी विषयबारे गत अक्टोबर १९ मा सरकारी निकायमा जानकारी गराएको थियो।
त्यतिबेला मेडिब्यांकले आफ्ना ४ लाख जना ग्राहक प्रभावित हुने बताएको थियो। तर अहिले भने ९७ लाख ग्राहक प्रभावित हुने बताएको हो।
अस्ट्रेलियामा पछिल्लो समय शृंखलाबद्ध साइबर आक्रमण भइरहेको पाइएको छ। केही समयअघि अस्ट्रेलियाको दोस्रो ठूलो टेलिकमका १० लाख ग्राहकका निजी सूचना ह्याक भएका थिए। सेप्टेम्बर महिनायता मात्रै आठवटा कम्पनीले साइबर सुरक्षामा आक्रमण भएको भन्दै उजुरी गरेका थिए। साथै, गत साता सार्वजनिक अस्ट्रेलियाको एक सरकारी प्रतिवेदनले त्यहाँ प्रत्येक ७ मिनेटमा साइबर अपराध हुने गरेको उल्लेख गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
