उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन्।
काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुनकाण्डको अनुसन्धान जरैसम्म पुग्ने दाबी गरेका छन्।
शुक्रबार त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि पत्रकारसँग उनले यस्तो बताएका हुन्। भविष्यमा यस्ता घटना हुन नदिनका लागि पनि त्यसै अनुसार संयन्त्र परिचालन गरेर कारबाही अघि बढाइने मन्त्री श्रेष्ठले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय हुँदै १०० किलो सुन बाहिरिएको घटनापछि उनी अनुगमनका लागि पुगेका थिए। उनले सुनकाण्डको सबै नेक्सस केलाइने र अनुसन्धान निष्पक्ष हुनेसमेत दाबी गरे।
“यो त्यो वा कुनै पार्टी, कोट र टारका मानिस भन्ने होइन। अनुसन्धान हुन्छ,” उनले भने, “भ्रष्टाचार निर्मुल गर्न र सुशासन कायम गराउनका लागि अनुसन्धान केन्द्रित हुन्छ।” जुनसुकै पार्टीको भए पनि दोषी पाइए उन्मुक्ति नपाउने उनको भनाइ छ।
मन्त्री श्रेष्ठले संगठित रूपबाट कसैले प्रभावित पारे पनि विचलित नहुने बताए। “सुशासन कायम गर्न हामी दृढतापूर्वक लाग्छौँ। छानबिन निष्कर्षमा पुग्छरपुर्याउनुपर्छ। यस प्रकारका घटना हुन नदिनका लागि योजना बनाएर अघि बढिन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
