'युवाको मानसिकता किन आपराधिक बन्दैछ' भन्नेबारे अनुसन्धान आवश्यक भएको धनुषाका एसपी विश्वराज खड्काको भनाइ छ।
जनकपुरधाम– खुल्ला सिमाना र बेरोजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ। चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको प्रहरीको तथ्यांक छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी विश्वराज खड्काले चालु आर्थिक वर्षमा चोरीको घटनामा पक्राउ परेका ४०० जनामध्ये अधिकांश २५ वर्षमुनिका रहेका बताए। “उत्पादनशील उमेर समूहका युवा नै चोरी तथा कुलतमा संलग्न हुनु सबैका लागि चिन्ताको विषय हो,” उनले भने “अधिकांश लागुऔषध सेवनकर्ता रहेका छन्।”
युवाको मानसिकता किन आपराधिक बन्दैछ भन्नेबारे अनुसन्धान आवश्यक भएको एसपी खड्काको भनाइ छ। उनले युवालाई कुलतमा फस्न नदिन प्रभावकारी कार्यक्रमको खाँचो औँल्याए।
धनुषामा विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन गरिएको छ। राति गस्ती, एम्बुस टोली परिचालन, सिमानाकामा जाँचलगायत कार्य आवश्यक भएको प्रहरी प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले बताए।
चोरीका घटनामा पक्राउ परे पनि उनीहरूविरुद्ध पीडितले जाहेरी दिन नमान्दा अधिकांशलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गर्नु परिरहेको डीएसपी गौतमको भनाइ छ। गत आवमा मात्रै चोरी भएका २३६ मध्ये ८१ मोटरसाइकल बरामद गरी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ।
बिहीबार जिल्ला प्रहरी कार्यालयले चोरीका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३० जनालाई सार्वजनिक गरेको थियो। पक्राउ पर्नेमा अधिकांश १७ देखि ३८ वर्ष उमेरका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
