दरबारमार्गमा हरेक शनिबार रैथाने कृषि हाटबजार

रैथाने कृषि हाटबजारमा स्थानीयस्तरमा उत्पादित अर्ग्यानिक  आलु, मह, खाद्यान्न सामग्री, तरकारी, जडीबुटी पाइन्छ।

काठमाडौँ– रैथाने बालीहरूको प्रवर्द्धन गर्ने उद्देश्यले हरेक शनिबार काठमाडौँको दरबारमार्गमा रैथाने कृषि हाटबजार सञ्चालनमा ल्याइएको छ।

रैथाने बालीको प्रवर्द्धन तथा बिक्री वितरण गर्दै आएको रैथाने एग्री प्रडक्टस नेपालले कृषिजन्य रैथाने सामग्री खरिदबिक्री तथा अवलोकनका लागि कृषि हाटबजार शुरू गरेको एग्री प्रडक्टस नेपालका अध्यक्ष तिलक ढकालले बताए।

उक्त बजार बिहान ६ देखि १२ बजेसम्म सञ्चालन हुन्छ भने बजारमा स्थानीयस्तरमा उत्पादित अर्ग्यानिक  आलु, मह, खाद्यान्न सामग्री, तरकारी, जडीबुटी पाइन्छ।

त्यसैगरी, गाउँबाट लोप हुन लागेका ढिकीलगायत परम्परागत कृषि औजार प्रदर्शनीका लागि राखिने ढकालले बताए। उनका अनुसार कृषि हाटबजारले जंगलमा किसान र उत्पादकहरूबीचको सिधा सम्पर्क स्थापित गर्नका लागि बजार महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।