कारोबारमा आएका २६४ कम्पनीका ८४ लाख २४ हजार कित्ता शेयर ५४ हजारभन्दा बढी पटक खरिदबिक्री हुँदा तीन अर्ब पाँच करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। बिहीबार नेप्से परिसूचक १.३१ अंकले घटेर २१६३.९२ अंकमा सीमित भएको छ।
बिहीबारको कारोबारमा विभिन्न २६४ कम्पनीका ८४ लाख २४ हजार १०८ कित्ता शेयर ५४ हजार ९५४ पटक खरिदबिक्री हुँदा तीन अर्ब पाँच करोड २४ लाख १० हजार ६५९ रुपैयाँको कारोबार भएको छ।
यस दिनको कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत् उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ। बैंकिङ समूह १.२५, विकास बैंक १०.९६, जलविद्युत् २२.३८, उत्पादन तथा प्रशोधन ८२.०२ र व्यापार समूह १७७.६६ अंकले बढेका छन्।
साथै निर्जीवन बीमा समूह १३२.०७ र जीवन बीमा समूहको उपसूचक १२२.०६ अंकले घटेका छन्। त्यस्तै, वित्त समूह १५.६९, होटल तथा पर्यटन समूह २१.४६, लगानी ०.३२, लघुवित्त २५.२९ र म्युचुअल फन्ड ०.१८ अंकले घटेका छन्।
बिहीबारको कारोबारमा विशाल बजार कम्पनी लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिटिजन्स म्युचुअल फन्ड-२ र कुमारी इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
कारोबार रकमका आधारमा बिहीबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १४ करोड २३ लाख १७ हजार ८७ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने बिहीबार सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको तीन लाख ३० हजार १३५ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
