मन्त्रिपरिषद् बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साउन ७ गतेदेखि इटालीको भ्रमणमा जाने भएका छन्।
बुधबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको हो।
संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट २०२३’ मा सहभागी हुन प्रधानमन्त्री दाहालसिहतको टोली त्यसतर्फ जाने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
समिट जुलाई २४, २५ र २६ मा हुँदैछ। त्यस्तै सरकारले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ।
“कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क जुन थियो, त्यसलाई छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय पनि भएको छ,” उनले भनिन्।
यस्तै, बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा. रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको उनले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
