कमनवेल्थ गेम्स फेडेरेसनले गतवर्ष अप्रिलमा भिक्टोरियालाई २०२६ को कमनवेल्थ गेम्सको आयोजना गर्न स्वीकृति दिएको थियो।
काठमाडौँ– सन् २०२६ मा अस्ट्रेलियामा आयोजना हुने भनिएको कमनवेल्थ गेम्स संशयमा परेको छ।
भिक्टोरियन सरकारले बजेट ओभररनका कारण आयोजना गर्न अस्वीकार गरेपछि अनिश्चितता बढेको हो। कमनवेल्थ गेम्स फेडेरेसनले गत वर्ष अप्रिलमा भिक्टोरियालाई २०२६ को कमनवेल्थ गेम्सको आयोजना गर्न स्वीकृति दिएको थियो।
जसअनुसार मेलबर्न, जिलङ, बेन्डिगो, बल्लाराट र गिप्सल्यान्डमा प्रतियोगिता हुने बताइएको थियो। भिक्टोरिया सरकारले मंगलबार फेडेरेसनलाई बजेट दुई गुणाभन्दा धेरैले बढेको जानकारी दिएको छ। जसका कारण सन् २०२६ मा हुने कमनवेल्थ गेम्स आयोजना गर्न नसक्ने बताएको छ।
भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्र्युजले भने, “२०२६ मा हुने गेम्सका लागि गतवर्ष कमनवेल्थ गेम्स फेडरेसनले हामीलाई सम्पर्क गरेको थियो र होस्टिङ हस्तान्तरण गरेको थियो।तयारीको अनुमानित लागत दुई बिलियन अस्ट्रेलियन डलर थियो। तर, तयारीमा प्रयोग हुने सामानको लागत बढेपछि खर्च सात बलियन पुगेको छ। त्यसैले आयोजना गर्दा फाइदाभन्दा धेरै घाटा हुने देखिन्छ।”
उनका अनुसार यसबारे फेडेरेसनलाई जानकारी गराएको छ। यता, फेडेरेसनले भिक्टोरिया सरकारको निर्णयबाट आफूहरू निरास भएको जनाएको छ। सरकारले यस्तो निर्णय गर्नुअघि फेडेरेसनलाई जानकारी नदिएको दाबी गरेको छ।
“जुनमा बैठक बस्दा सरकारले हामीलाई दुई बिलियन अस्ट्रेलियन डलर बजेट रहेको जानकारी दिएको थियो। अहिले बजेट दोब्बरभन्दा बढी पुग्यो भनिएको छ। खेलाडीको हितलाई ध्यानमा राखेर हामी उपलब्ध विकल्प खोजिरहेका छौँ। छिट्टै यसको समाधान खोजिनेछ,” फेडेरेसनले विज्ञप्तिमा भनेको छ।
अस्ट्रेलियाले चार पटक कमनवेल्थ गेम्स आयोजना गरिसकेको छ। यसअघि सन् १९३८ मा सिड्नी, १९६२ मा पर्थ, १९८२ मा ब्रिस्बेन र २०१८ मा गोल्ड कोस्टमा कमनवेल्थ गेम्स आयोजना भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
