भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै कमलबहादुर बोहोरा जागिरको सिलसिलामा अस्ट्रेलिया पुगी मूर्तिकारको सहयोगीका रूपमा काम गरे। अस्ट्रेलियामा सिकेको सीप अहिले पोखरामै प्रयोग गरिरहेका छन्।
काठमाडौँ– जागिरको खोजीमा दैनिक हजारौँ युवाहरू विदेशी भूमिमा पुग्छन्। स्वदेशमा भने जस्तो जागिर नपाउँदा श्रमको खोजीमा विदेशी भूमिमा जानु बाध्यता नै हो। तर यहाँका एक व्यक्ति भने विदेशमा सिकेको सीप सदुपयोग गर्दै स्वरोजगार बनेका छन्।
पोखरा महानगरपालिका-१५ वन क्याम्पस लेन नं. ११ का ४२ वर्षे कमलबहादुर बोहोराले अस्ट्रेलियामा सिकेको मूर्तिकला प्रयोगमा ल्याउँदै आफू मात्र रोजगार नभई अरूलाई पनि रोजगारी दिए।
भारतीय सेनामा १७ वर्ष काम गरी निवृत्त भएसँगै उनी जागिरको सिलसिलामा अस्ट्रेलिया पुगे। उनले त्यहाँ रहँदा मूर्तिकारको सहयोगीका रूपमा काम गरे।
“अस्ट्रेलियामा मूर्तिकारले होटल तथा घरमा सौन्दर्यीकरणका लागि पानीका झरना सहितका चरनमा रहेका जंगली जनावर र मागअनुसार मूर्ति बनाउनुहुन्थ्यो”, उनले भने, “सहयोगी भएर ६ महिना काम गरेपछि यस्तो काम त म नेपालमा गएर पनि गर्न सक्दछु भन्ने दृढ इच्छा शक्तिका साथ स्वदेश फर्किएँ।”
उनी अस्ट्रेलियामा काम गर्दा मासिक दुई लाख रुपैयाँ आम्दानी गर्थे । पछि त्यहाँ सिकेको सीपले पोखरामै व्यवसाय गर्न सकिन्छ भन्ने लागेर उनी स्वदेशी फर्किए। ६ वर्षअघि स्वदेश फर्किएका उनले हामी मासिक ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् भने तीन जनालाई जागिर पनि दिएका छन्।
होटल, घर, विद्यालय लगायतका लागि काम गर्ने भन्दै उनले भने, “पानीको झरना, आसपासमा बच्चा सहितको मृग र ग्राहकको इच्छा अनुसारको देवदेवताको मूर्ति निर्माण गर्दा सामग्रीबाहेक १२ हजार रुपैयाँ ज्याला लिन्छु।” आर्टसमा समेत रुचि राख्ने उनले घरको सिलिङ र विद्यालय सौन्दर्यीकरणमा समेत काम गर्ने बताए।
उनीसँग हाल ढाकाराम अधिकारीका साथै बर्दियाका शमित थारू र विजय थारूले काम गरिरहेका छन्। उनीहरूले मासिक १७ हजार रुपैयाँका दरले पारिश्रमिक पाउँछन्। “मेरोमा काम नभएको समयमा उहाँहरू अन्यत्र काम गर्न जानुहुन्छ”, उनले भने।
पोखरा महानगरपालिका–१७ सीताको पाइलास्थित ऐतिहासिक धार्मिक क्षेत्र सदाशिव हरिहर मन्दिर परिसरमा १०८ शिवलिंग र १०८ गौमुखे धारा निर्माण गर्दै गरेका मूर्तिकार बोहोरा स्वदेशमा केही गर्छ भन्ने सोच राख्ने हो भने विदेश जानु नपर्ने बताउँछन्।
“एक जोडी शिवलिंग र गौमुखे धारा निर्माण गरेको ६ हजार पाँच सयका दरले सात लाख दुई हजार रुपैयाँ लिने गरी मन्दिर व्यवस्थापन समितिसँग सम्झौता भएको छ”, उनले भने।
शिवलिंग र पानी झर्ने झरनासहितको गौमुखे धाराले प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथको झझल्को दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र भण्डारीले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
