नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
काठमाडौँ– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य घटाएको हो।
निगमका अनुसार खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मूल्य घटाइएको छ। मूल्य समायोजन गरिएसँगै अब एलपी ग्यासको प्रतिसिलिन्डर खुद्रा मूल्य एक हजार ७९० रुपैयाँ कायम भएको छ। यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य १८ सय रुपैयाँ प्रतिसिलिन्डर कायम थियो।
त्यस्तै, निगमले पेट्रोल र डिजेलको भाउ भूगोलअनुसार फरक–फरक दर कायम हुने गरी घटाएको छ। पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ भने डिजेल ४ रुपैयाँ प्रतिलिटर घटेको छ।
पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने भौगोलिक क्षेत्रअनुसार फरक दर कायम हुने छ। उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ कायम भएको छ।
इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट आइतबार इन्धनको मूल्य घटेर आएअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ। आइतबार भारतबाट पठाइएको मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेर आएको थियो।
यसअघि निगम असार १८ गते देशका भौगोलिक क्षेत्रलाई तीन वर्गमा विभाजन गरेर इन्धनको मूल्य समायोजन गरेको थियो। इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा मूल्यसूची पठाउने गर्छ, त्यसअनुसार नेपालमा इन्धनको मूल्य घटबढ हुने गर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
