पहिलो चरणमा जनकपुरदेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएको थियो। अब महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै जयनगरसम्म ५२ किलोमिटरमा विस्तार भएको हो।
धनुषा– भारतको जयनगरबाट जनकपुरधाम–कुर्था हुँदै महोत्तरीको भंगहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आइतबार शुभारम्भ गर्दैछन्।
कुर्थासम्मको ३५ किलोमिटरमा सञ्चालनमा हुँदै आएको रेलसेवा अब थप १७ किलोमिटरसमेत गरी ५२ किलोमिटरमा सञ्चालन हुने छ। दोस्रो चरणको भौतिक पूर्वाधार निर्माण भइसकेपछि सेवा बिजलपुरासम्म विस्तार गर्न लागिएको रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए।
तर, जग्गाको मुआब्जा विवादको कारण बिजलपुराबाट बर्दिबाससम्म तेस्रो चरणको रेलवे पूर्वाधार निर्माण भने रोकिएको छ। १७ किलोमिटरको निर्माण सम्पन्न भएपछि भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई गत जेठ १८ गते हस्तान्तरण गरेको थियो।
ब्रोडगेज दुईसेट रेल १९ चैत २०७८ देखि सञ्चालनमा आएको थियो। शुरूमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गतवर्ष मंसिरदेखि दिनको दुईपटक सेवा दिइरहेको छ।
सोमबारदेखि सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने प्रबन्ध मिलाइने महाप्रबन्धक झाले बताए। यद्यपि भंगाहा स्टेशन दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने सेवा प्रदान गर्ने जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
