एमाले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गरेको छ।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कोशी प्रदेशसभामा सत्ता गठबन्धनले संविधानविरोधी क्रियाकलाप गरेको ठहर गरेको छ।
शनिबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले कोशी प्रदेशसभामा सत्ता गठबन्धनबाट संविधानविरोधी क्रियाकलाप भएको ठहर गर्दै एमालेले सत्ता गठबन्धनले गरेको कार्यको भर्त्सना गर्ने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए।
उनका अनुसार बैठकले सरकार गठन गर्ने र हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं आफ्नै लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार भएको ठहर गरिएको हो। एमाले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल आरम्भ गर्न माग गरेको छ।
बैठकले वर्तमान सत्ता गठबन्धन संविधानको उल्लंघन गर्ने, संवैधानिक संस्थामा हस्तक्षेप गर्ने, यिनीहरूलाई विभाजित र निष्प्रभावी बनाउने र लोकतन्त्रलाई जरैदेखि खलबल्याउने काममा उद्धत भएको आरोप लगाएको छ।
उनले देशभर फैलिएको लम्पी स्किनबाट हालसम्म ७ लाख ६४ हजारभन्दा बढी चौपाया संक्रमित भएको, २७ हजार गाईबस्तु मरेको र यसबाट हालसम्म किसानहरूले अर्बौंको नोक्सानी बेहोर्नुपरेको बताए।
उनले संक्रमण निरन्तर फैलिरहेकाले किसानहरूले बेहोर्नुपरेको क्षतिलाई न्यून गर्न तत्काल प्रभावकारी कदम चाल्न, बीमा रकम तत्काल भुक्तान गर्न, खोपको प्रभावकारी प्रबन्ध गर्न र किसानहरूलाई राहत दिन सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको बताए।
एमाले बैठकले किसानहरूले सुलभ रूपमा रासायनिक मल पाउने व्यवस्था गर्न सरकारलाई सचेत गराएको छ।
उनले मिटरब्याजसम्बन्धी विधेयकलाई लिएर एमालेप्रति नकारात्मक भ्रम फैलाइएकोप्रति आपत्ति जनाउँदै विधेयक पास गर्नका लागि तत्काल आवश्यक कानूनी प्रबन्ध गर्न माग गरिएको बताए।
उनका अनुसार बैठकले अविलम्ब नयाँ विधेयक ल्याई मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। त्यस्तै, बैठकले स्वतन्त्र र स्वायत्त प्राज्ञिक संस्थामाथि सत्तापक्षबाट हस्तक्षेप भइरहेको भन्दै सरकारको कदमको भर्त्सना गरेको छ।
एमालेले अविरल वर्षाका कारण आएको विपद्का कारण भएको क्षतिको परिपूर्ति गर्न सरकारसँग माग गरेको छ। प्राकृतिक विपद्का बेला तयारी अवस्थामा रहन तथा राहत र उद्धारका लागि तत्काल काममा खटिन पार्टी सम्बद्ध युवा, विद्यार्थी, भूपू सैनिक, प्रहरीसहित पार्टीपंक्तिलाई आह्वान गरेको छ।
बैठकले वर्तमान सत्ता गठबन्धन विभिन्न स्वायत्त र गैरराजनीतिक संस्थाहरूमाथि निरन्तर हस्तक्षेपमा लागेको भन्दै आपत्ति जनाएको छ।
त्यस्तै, सचिवालय बैठकले बागमती प्रदेशको इन्चार्जमा गुरु बराललाई तोकेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली कम्बोडिया भ्रमणमा जाने निर्णयसमेत सचिवालय बैठकमा भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
