भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउनुका साथै टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
भक्तपुर– जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ गन्तव्य बनाउने उद्देश्यले १०० किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज–२०२३’ आयोजना गरिएको छ।
शनिबार भक्तपुरको ऐतिहासिक एवं सम्पदास्थल दरबारस्क्वायरमा ‘साइकल कनेक्ट संस्था’ले आयोजना गरेको उक्त च्यालेन्जको बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईंले शुभारम्भ गरे।
तीन वर्षदेखि सञ्चालन हुँदै आएको ‘कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज’ले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नाका साथै पर्यटकीय विकासमा ठूलो टेवा पुर्याउँदै आएको गोसाईंले बताए। कार्यक्रमका संयोजक सुमित बालाले यसवर्ष कार्यक्रममा ६०० भन्दा बढी साइकल यात्रीको सहभागिता रहेको बताए। भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउनुका साथै टर्की र सिरियाका भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ।
भक्तपुर तथा काभ्रेपलान्चोकका अधिकांश पर्यटकीय क्षेत्रको सौन्दर्यलाई नियाल्दै दुई हजार १०० मिटर उचाइसम्म १०० किलोमिटरको यात्रा शनिबार एकै दिनमा सक्ने बालाले बताए। बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट शुरू भएको साइकल यात्रा सिद्धपोखरी, सल्लाघारी, नयाँठिमी, बहाखा बजार, बोडे, नीलबाराही, बेँसीगाउँ, दुवाकोट हुँदै दिउँसो १ बजे चाँगुनारायण पुगेको छ।
त्यहाँबाट त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बिरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि, सल्लाघारी हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा पुगेर साँझ ७ बजे समापन गर्ने तयारी छ। सो क्रममा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना हुने बालाले बताए।
कोरा मास्टर सुनिल ख्याजुले साइकलबाट ५०, ७५ र १०० किलोमिटरका तीनवटा रुटमा यात्रा हुने जानकारी दिए। साइकल कनेक्टका अध्यक्ष निर्जला कोजूले च्यालेन्जमा भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगन्ज, वीरगन्ज, चितवन, नवलरासी, बुटवललगायत शहरबाट सहभागीहरू आएको बताइन्।
उनका अनुसार अमेरिका र युरोपियन राष्ट्रका विदेशी साइकल यात्रीसमेत सहभागी छन्। तीन वटै रुटअन्तर्गतको च्यालेन्ज पूरा गर्ने सहभागीलाई मेडल वितरण गरिने उनले बताइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
