एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले मानिस भगवान्सँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेसँग रमाउन थालेको बताएका छन्।
काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज सामाजिक मूल्य–मान्यताबाट विचलित हुँदै गएको बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुँदै गएको बताएका हुन्।
उनले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै सतर्क हुनुपर्ने अवस्था आएको बताए। उनले अहिले मानिस भगवान्सँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेसँग रमाउन थालेको उल्लेख गरे। “मान्छेमा भक्ति समाप्त भयो, भगवान्सँग पनि डराउन छोड्यो, नैतिकता पनि गुमायो, त्यसले अलि भद्रगोल, अराजकता, जथाभाबी बोल्ने, सत्य नचाहिने, असत्य बोल्दा आनन्द मान्ने, असत्यको बाटो अवलम्बन गर्दा गौरव गर्ने, झुट बोल्न पाउँदा, अर्कालाई पीडा दिन पाउँदा, आनन्द मान्ने परपीडक प्रवृत्ति बढेको छ,” उनले भने
उनले आदिकवि भानुभक्त आचार्यको योगदान कुनै पनि कुराले कमजोर हुन नसक्ने बताए। उनले भानुभक्तले रामायणको अनुवाद गरेर नेपाली समाजलाई गुन लगाएको उल्लेख गर्दै यसले समाजलाई स्थितिमा मूल्य, नैतिकतामा बाँध्ने प्रयास गरेको बताए। उनले भक्ति र नैतिक रस भंग भएर मानिसले नैतिकता गुमाउँदै गएको बताए।
अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताए। “नेपाली समाजको एउटा पक्ष परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण तरिकाले अवलम्बन गर्ने, अलिक सामाजिक मूल्यबाट विचलित भएको छ। त्यो चिन्ताको विषय हो,” उनले भने, “जसलाई आज हामीले सांस्कृतिक हिसाबले, हाम्रो सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् समाज भनेर हामी सबै सतर्क हुनुपर्ने आवश्यकता छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
