नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी केशव तुलाधरलाई काठमाडौँको सानोभर्याङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ– नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरिएको घटनामा फरार एक प्रतिवादी पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–३० घर भई कामना १६ बस्दै आएका केशव तुलाधरलाई पक्राउ गरेको हो।
तुलाधरलाई काठमाडौँको सानोभर्याङबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालय प्रवक्ताका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार पक्राउ परेका तुलाधरलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुको जिम्मा लगाइएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा चलाएको थियो। यो प्रकरणमा यसअघि अहिलेसम्म १९ जना पक्राउ परिसकेका थिए।
तीमध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका तत्कालीन सचिव टेकनारायण पाण्डेसहितका १७ जना पूर्पक्षका लागि थुनामा छन्।
जिल्ला प्रहरी परिसर र उपत्यका प्रहरी कार्यालयको टोलीले यो प्रकरणमा फरार रहेकाहरू अन्य प्रतिवादीको खोजी गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
