मन्त्रिपरिषद् बैठकले मनाङ एयरको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै छानबिन गर्न पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा समिति गठन गरेको छ।
काठमाडौँ– सरकारले मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ।
मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
मंगलबार बिहान मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा त्यसका चालकसहित ६ जनाको ज्यान गएको थियो। ज्यान गुमाउनेमा पाँच जना म्याक्सिकन नागरिक थिए। हेलिकप्टर चालक नेपाली थिए। उनीहरूको शव काठमाडौँ ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
बैठकले हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
“क्याक्सिकोका नागरिकहरू बोकेको मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ। यसप्रति मन्त्रिपरिषद् बैठकले सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। यसमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा एउटा छानबिन समिति गठन गरिएको छ,” उनले भनिन्।
त्यस्तै, सरकारले मिटरब्याजसम्बन्धी जाचबुझ आयोगको म्याद ३ महिना थप गर्ने निर्णय गरेको छ। सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवासमेत गरेको छ। वरीयताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको मन्त्री शर्माले बताइन्।
मन्त्रिपरिषद्ले कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोकेको छ। बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकेको उनले बताइन्।
“कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने काम भएको छ। अहिले मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्वीन्टल ३ हजार ३ ६२ रुपैयाँ समर्थन मूल्य तोकिएको छ,” उनले भनिन्, “यो पहिलाभन्दा साढे २ सय रुपैयाँले बढी हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
