भारतमा लोप भएको सात दशकपछि नामिबियादेखि लामो यात्रा तय गर्दै भारतीय कार्गो विमानमार्फत् आठवटा चितुवा भित्राइएको छ।
भारतमा लोप भएको सात दशकपछि चितुवाको आगमन भएको छ। चितुवाको वंश वृद्धि गर्न भन्दै शनिबार नामिबियादेखि लामो यात्रा तय गर्दै भारतीय कार्गो विमानमार्फत् भारतीय सहर ग्वालियरमा आठवटा चितुवा भित्राइएको हो।
दक्षिण एसियाली मुलुकमा चितुवा पुन: प्रवेश गराउने महत्त्वाकांक्षी र प्रतिस्पर्धात्मक योजनाअनुसार चितुवालाई भारतमा ल्याइएको हो। ती चितुवालाई उनीहरूको नयाँ घर तथा फराकिलो कुनो राष्ट्रिय निकुञ्जमा राखिएको छ। विश्वकै तीव्र गतिमा दौडने चितुवा अब पुन: भारतीय भूमिमा घुमफिर गर्नेछन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ती चितुवालाई शनिबार निकुञ्जमा छोडेका थिए। त्यस क्रममा उनले अब पुन: चितुवा दौडिँदा घाँसेमैदान पुनर्भरण हुने, जैविक विविधता बढ्ने र इको टुरिजम बढ्ने बताए।
भारतमा चोरीशिकार र बासस्थान गुमाएका कारण चितुवालाई सन् १९५२ मा संकटापन्न जनावरको सूचीमा राखिएको थियो। तर, पछि वंश नै नाश भयो। सन् १९४७ मा भारत स्वतन्त्र भएयता वंश नै नाश भएको पहिलो र एक मात्र शिकारी जनावर चितुवा हो।
विश्वभरका जंगलमा ७ हजारभन्दा कम वयस्क चितुवा छन्। तर, पछिल्लो समय संख्या कम हुँदै गएको छ। तर, यी चितुवा मूल बासस्थानको ९ प्रतिशतभन्दा कम क्षेत्रमा बस्छन्।
“बढ्दो जनसंख्या र जलवायु परिवर्तनका कारण चितुवाको संख्या खुम्चिँदै जानु ठूलो खतरा हो, भारतको घाँसेमैदान र वन-जंगलले चितुवालाई उपयुक्त बास दिन सक्छन्,” चितुवा संरक्षण कोषकी प्रतिनिधि लरी मार्करले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
