निर्वाचन आयोगले आचारसंहिता पालनामा सबै इमानदार देखिनुपर्नेमा जोड दिएको छ। आयोगले आचारसंहिता सबैको सहमतिमा निर्माण गरिएको भन्दै पालना गर्नैपर्ने बताएको हो।
काठमाडौँ - निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि सम्पूर्ण तागत लगाएको स्पष्ट पारको छ।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरूसँगको छलफलका क्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको कडीको रूपमा रहेको आचारसंहिता पालना गराउने सवालमा आयोगले सम्पूर्ण ध्यान केन्द्रित गरेको स्पष्ट पारेका हुन्।
पूर्व प्रमुख निर्वाचन आयुक्तहरूले विगतका निर्वाचनमा आचारसंहिता उल्लंघन भएको, धाँधली भएको, मतपेटिका हराएको लगायत घटनाहरूको दृष्टान्त दिँदै त्यसतर्फ सचेत हुन आयोगको ध्यानाकर्षण गराएपछि निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सवालमा आयोगले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले राजनैतिक दल र सरोकारवालाहरूसँगको परामर्शका आधारमा आयोगले आचारसंहिता बनाएकाले पालना गरेर सबैले इमानदारी देखाउनुपर्नेमा पनि जोड दिए।
आचारसंहिता राजनैतिक दल, सरोकारवाला निकाय र आयोगको साझा सहमतिको दस्ताबेज भएको र त्यसमा राजनैतिक दलले हस्ताक्षर गरेर पालना गर्ने प्रतिबद्धता जनाएकाले प्रतिबद्धताप्रति दलहरू पनि जिम्मेवार हुनुपर्ने तर्क उनले गरे।
उनले निर्वाचन व्यवस्थापनको विषय कठिन भए पनि आफूहरूले चुनौती नभई अवसरको रूपमा लिएको उल्लेख गर्दै आचारसंहिता लागू गर्ने कुरामा आयोग सधैँ निष्पक्ष र निष्ठापूर्वक उभिने स्पष्ट पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
