सांसद केसीले समिति सचिवालयलाई आगामी बैठक बस्नुअघि चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको विस्तृत विवरण लेखा समितिका सदस्यहरूलाई दिन निर्देशन दिए।
काठमाडौँ– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको विस्तृत विवरण उपलब्ध गराउन माग गरेका छन्।
आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै समितिका ज्येष्ठ सदस्य सभापति केसीले समिति सचिवालयलाई आगामी बैठक बस्नुअगावै चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको विस्तृत विवरण समितिका सदस्यहरूलाई उपलब्ध गराउन निर्देशन दिएका हुन्।
“चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको सम्बन्धमा विस्तृत विवरण यो समितिलाई दिनुपर्छ। मैले त भनिरहेको छु। एउटा बल्ल बल्ल पाएका थियौँ, बुझ्दै नबुझ्ने पर्यो, अर्को बैठकभन्दा अघि सचिवालयले दिनैपर्छ। प्रत्येक हामी मान्य सदस्यले त्यो थाहा पाउनुपर्छ,” उनले भने।
उनले समितिले विगतको समितिले गरेको निर्णयलाई उल्ट्याउने नभई जानकारीका लागि पनि फाइलहरू उपलब्ध गराउनु आवश्यक रहेको बताए। उनले समितिमा आएका अनियमितताका प्रकरणहरू थन्क्याएर राख्नु संसद्को समितिको अपमान हुने बताए। “यो संसदको समितिलाई अपमान गर्ने अधिकार कुनै संस्थालाई छैन। निर्णय नगरी थन्क्याउने कुरा गम्भीर कुरा हो,” उनले भने।
सांसद केसीले समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरूको सम्बन्धमा विस्तृत विवरण दिँदैमा निर्णय नउल्टिने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
