तटबन्धको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ का नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपुको खाल्डोमा डुबेर मृत्यु भएको छ। 

सांकेतिक तस्वीर

मलंगवा– सर्लाहीको पर्सा गाउँपालिका–४ जिंगडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु  रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पन्जियार थारूले जानकारी दिए।

शनिबार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म पनि नफर्केपछि खोजी गरिएको थियो।

अभिभावकले खोज्दै जाँदा घरभन्दा ३०० मिटर दूरीमा रहेको बाँके खोलामा खनिएको खाल्डोमा शव डुबिरहेको अवस्थामा फेला परेका थिए।