महानगरले २०७९/८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या र विवरण असार मसान्तभित्र पठाउन पनि सूचित गरेको छ।
काठमाडौँ– काठमाडौँ महानगरले कक्षा ११ मा विद्यार्थी भर्ना लिँदा एसईई नतिजा प्रकाशित भएको १५ दिनको समय राख्न आग्रह गरेको छ।
महानगरको शिक्षा विभागले कम्तीमा १५ दिनको समय राखेर मात्रै भर्ना कार्यक्रम तय गर्न महानगरभित्रका विद्यालयहरूलाई अनुरोध गरेको हो।
“विगतमा कक्षा ११ मा भर्ना गर्ने सम्बन्धमा शिक्षण संस्थाहरूले फरकफरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव छ,” सूचनामा भनिएको छ, “यसबाट देशका दुर्गम क्षेत्रबाट काठमाडौँ आएर आवेदन दिने अवसरबाट वञ्चित भएको गुनासोप्रति महानगरपालिकाको ध्यानाकर्षण भएको छ।”
यस्तै, महानगरले कक्षा ११ मा कोटा निर्धारण गरेर मात्र छात्रवृत्ति उपलब्ध गराउन पनि अनुरोध गरेको छ।
२०७९/८० मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीको संख्या र विवरण असार मसान्तभित्र पठाउन महानगरले सूचित गरेको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
