क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारुस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले आफ्नो देशमा शिविर स्थापना नगरेको बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले बताएका छन्।
वाग्नरका प्रमुख येवगेनी प्रिगोजिन अहिले पनि रूसमै रहेको र बेलारुसमा कुनै पनि लडाकु समूहले आफ्नो विद्रोह अन्त्यका लागि सम्झौता नगरिएको बेलारुसी शीर्षस्थ अधिकारीले बताएका छन्।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भने, “जहाँसम्म प्रिगोजिनको कुरा छ, उहाँ सेन्ट पिटर्सबर्गमा हुनुहुन्छ। उहाँ बेलारूसमा हुनुहुन्न।”
मिन्स्कस्थित प्रेसिडेन्ट बिल्डिङ अफ इन्डिपेन्डेन्समा साढे तीन घण्टा लामो गोलमेच वार्तामा उनले एएफपीलगायत अन्तर्राष्ट्रिय र बेलारूसका पत्रकारसँग कुराकानी गरेका थिए। लुकाशेन्कोले प्रिगोजिन स्वतन्त्र व्यक्ति हुन् भन्ने कुरा आफूलाई ‘निश्चित रूपमा’ थाहा भएको बताउँदै भने, “मैले हिजो उहाँसँग फोनमा कुरा गरेको थिएँ।”
क्रेमलिनले असफल विद्रोहमा भाग लिएकाहरूलाई बेलारुस जान प्रस्ताव गरे पनि वाग्नरका सदस्यहरूले बेलारुसमा शिविर स्थापना नगरेको पनि उनले बताए। “अहिले उनीहरूको स्थानान्तरण र व्यवस्थापनको प्रक्रिया तय भएको छैन,” उनले थपे, “यो निर्णय उहाँको होइन, मस्कोको हो।”
प्रिगोजिनले जुन २३ मा रूसको सैन्य नेतृत्वविरुद्ध विद्रोह शुरू गरेको घोषणा गरी राष्ट्रपति भ्लादिमिर पुटिनको नेतृत्वलाई सबैभन्दा ठूलो चुनौती दिँदै मस्कोतर्फ सशस्त्र टुकडी पठाएका थिए, तर एक दुई दिनभित्र आफ्नो घोषणा फिर्ता पनि लिएका थिए।
करिब २४ घण्टापछि क्रेमलिनले लुकाशेन्कोको मध्यस्थताका कारण संकट समाधान भएको र प्रिगोजिन बेलारुस प्रस्थान गर्ने बताएको थियो। त्यसयता रूसी अधिकारीहरूले प्रिगोजिनको व्यवसाय बन्द गराएका छन् या छापा मारेका छन्।
रूसी सञ्चारमाध्यमले बुधबार प्रसारण गरेको तस्वीरमा प्रहरी प्रिगोजिनको विशाल र आलिशान भवनमा जुन २५ मा हेलिकप्टर पार्किङ गरी राखिएको अवस्थामा प्रवेश गरेको देखिएको छ। तस्वीरमा प्रहरीले रुबल र डलर, सुनका सिक्का, हतियार र प्रिगोजिनको नाममा थुप्रै राहदानी र विभिन्न व्यक्तिको फोटो फेला पारेको देखिएको छ।
लुकाशेन्कोले आफ्नो देशमा वाग्नर सेनालाई शरण दिनेबारे आफू ‘चिन्तित वा दुःखी’ भने नभएको बताएका छन्। “यदि वाग्नर सैनिकहरू बेलारुस जाने हो भने उनीहरूले बेलारुसी सरकारसँग सम्झौतामा हस्ताक्षर गर्नुपर्नेछ,” उनले भने, “मलाई वाग्नरले बेलारुसको राज्यविरुद्ध आफ्नो बन्दुक उचाल्नुहुनेछ भन्ने मलाई लाग्दैन।”
उनले अगाडि भने, “यदि हामीलाई यी इकाईहरू सक्रिय गर्न आवश्यक छ भने, हामी तिनीहरूलाई तुरुन्तै सक्रिय गर्नेछौँ र उनीहरूको अनुभवको धेरै प्रशंसा गरिनेछ।”
लुकाशेन्कोले प्रिगोजिन र पुटिनबीचको सम्बन्धका बारेमा पनि बोलेका थिए। “मलाई पुटिन र प्रिगोजिनबीचको सम्बन्धका बारेमा सबै कुरा थाहा छैन र म सबै कुरा जान्न चाहन्नँ,” उनले भने “पुटिनले प्रिगोजिनलाई मभन्दा धेरै राम्ररी चिन्नुहुन्छ।”
उनले प्रसंगलाई थप व्याख्य गर्दै भने, “के तपाईंलाई पुटिन यति प्रतिशोधी हुनुहुन्छ भन्ने लाग्छ? के उहाँले भोलि पुटिन वा आफूलाई टक्कर दिनेछन्? अहँ, त्यस्तो हुनेवाला छैन।”
द्वन्द्वमा पुटिनका निकटतम सहयोगी लुकाशेन्कोले आफ्नो देशलाई युक्रेन आक्रमणको मञ्चको रूपमा प्रयोग गर्न दिएको युक्रेन लगायतका पश्चिमी सहयोगीहरूले लगाएका छन्। तर लुकाशेन्कोले बेलारुसको सेना युक्रेन द्वन्द्वमा संलग्न नहुनेमा जोड दिए।
“यो केही पनि होइन र हुन्न। मलाई त्यसो गर्न बाध्य पारिन सक्छ ? यसको कुनै आवश्यकता छैन,” उनले भने। रुसले बेलारुसलाई हस्तान्तरण गरेको सामरिक आणविक हतियारको ‘रक्षात्मक उद्देश्य’ मात्र रहेको बताए।
उनले भने, “हामी कसैलाई पनि आणविक हतियारले आक्रमण गर्ने योजना बनाइरहेका छैनौँ। तर बेलारुसमाथि आक्रमण भए तत्काल जवाफ दिइनेछ।” उनले यस वर्षको अन्त्यसम्ममा रणनीतिक हतियारहरू आफ्नो देशमा पूर्ण रूपमा तैनाथ गरिने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
