कांग्रेस महामन्त्री थापाले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिको प्रधानमन्त्री स्वयंले संसद्मा स्पष्टीकरण दिएपछि अन्यौलता हट्ने बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् अवरुद्ध भएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको जिल्ला सभापतिको भेलापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिले सबैलाई अप्ठ्यारो महसुस गरेको बताएका हुन्।
प्रधानमन्त्री दाहालले केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले उनको राजीनामा माग्दै संसद् अवरुद्ध पारिरहेका छन्।
आफूलाई प्रधानमन्त्री बनाउन ‘सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको’ भन्ने प्रधानमन्त्री दाहालको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमान र राष्ट्रिय स्वाधीनतामा आँच पुगेको उनीहरूको ठहर छ।
सत्तासाझेदार दल कांग्रेस महामन्त्री थापाले पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्ति प्रधानमन्त्रीको हैसियतले बोल्न नहुने र अशोभनीय रहेको बताउँदै प्रधानमन्त्री स्वयंले यस विषयमा संसद्मा स्पष्टीकरण दिएपछि अन्यौलता हट्ने स्पष्ट पारेका छन्।
यस विषयबारे आधिकारिक धारणा सार्वजनिक गर्दै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री दाहालको सदाशयतालाई दुराशयमा बदल्न खोज्नु प्रमुख प्रतिपक्षको गलत चाहना पूरा गर्ने अभीष्टताबाहेक केही नभएको आरोप लगाएको छ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पनि प्रधानमन्त्री दाहालले अन्यथा नबलेको दाबी गर्दै अभिव्यक्तिकै आधारमा प्रधानमन्त्रीले पदबाट राजीनामा नदिने स्पष्ट पारेकी छन् ।
फरक प्रसंगमा महामन्त्री थापाले बिहीबारको बैठकमा जिल्ला सभापतिले आगामी केन्द्रीय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएको बताए।
उनका अनुसार बैठकमा जिल्ला सभापतिले नेपाली कांग्रेसको नेतृत्वमा रहेका सबै तहका सरकारको प्रस्तुति र प्रगतिको समीक्षा गर्दै बढीभन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन्। पार्टीका नेताहरूलाई भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोर रूपमा उभिन आग्रह गरेका छन्।
राष्ट्रियताको सवालमा पनि पार्टीको स्पष्ट धारणा आउनुपर्ने कुरा जिल्ला सभापतिहरूले बैठकमा राखेको महामन्त्री थापाले बताए। पार्टी सभापतिले नेपाली कांग्रेसले देशव्यापी प्रशिक्षण तथा जागरणको अभियान चलाउनुपर्ने सुझाव दिएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
