राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन्।
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को नतिजा प्रकाशित गरेको छ। बोर्डले बिहीबार पत्रकार सम्मेलन गर्दै एसईईको परीक्षाफल सार्वजनिक भएको जानकारी दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी सबैभन्दा धेरै छन्। १ लाख २ हजार २९३ अर्थात् २१.०९ प्रतिशतले २.०० देखि २.४० जीपीए ल्याएका हुन्। त्यस्तै, २२ हजार ४७५ जना ३.६ देखि ४ जीपीए ल्याएका छन्। ३.२ देखि ३.६ जीपीए ल्याउनेको विद्यार्थीको संख्या ५५ हजार ६९ रहेको छ। २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ रहेको छ भने ८९ हजार ३३१ जनाले २.४ देखि २. ८ जीपीए ल्याएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा बिहीबार बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको थियो। बोर्डले यस वर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर परीक्षाफल प्रकाशित गरेको हो।
परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित भएको थियो। परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कुल ४ लाख ८५ हजार ३९६ विद्यार्थीको सहभागिता रहेको थियो। परीक्षामा २ लाख ४२ हजार ७१२ जना छात्रा र दुई लाख ४२ हजार ६७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ। बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार ४६१ जना परीक्षार्थी थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
