भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो।
काठमाडौँ– भारतले कीर्तिमानी नवौँ पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ।
गोलकिपर गुरप्रित सिंह सन्धुले कुवेतका कप्तान खालेद हजिएहको पेनाल्टी प्रहार रोकेपछि भारत च्याम्पियन बनेको हो। मंगलबार राति भएको फाइनलमा आमन्त्रित टोली कुवेत सडनडेथमा स्तब्ध बन्यो।
बेंग्लोरस्थित श्री कान्तिराव स्टेडियममा निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा १–१ को बराबरीमा सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो। शुरूमा ५–५ पेनाल्टी प्रहार गरिएकोमा दुवै टोलीले ४–४ गोल गरे।
त्यसपछि सडनडेथमा भारतका लागि महेश सिंहले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए। कुवेतका कप्तान खालेद अजिएहको अन्तिम पेनाल्टी प्रहार गोलकिपर गुरप्रितले बचाएपछि भारत विजयी भएको हो।
उपाधिसँगै भारतले ५० हजार अमेरिकी डलर र कुवेतले २५ हजार अमेरिकी डलर प्राप्त गरेका छन्।
भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९, २०११, २०१५ र २०२१ मा साफ फुटबलको उपाधि जितेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
