सुपर १२ को अन्तिम खेलमा जिम्बावेमाथि ७१ रनको जित दर्ता गर्दै भारत समूहको शीर्षस्थानमा रहेर अन्तिम ४ मा पुगेको छ।
काठमाडौँ– भारत आईसीसी टी–२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ।
आइतबार सुपर १२ को अन्तिम खेलमा जिम्बावेमाथि ७१ रनको जित दर्ता गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम ४ मा पुगेको हो। भारतले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बावेले १८औं ओभरमा ११६ रन मात्र बनाउन सक्यो।
जिम्बावेका अलराउन्डर सिकन्दर राजाले २४ बलमा ३ चौकासहित ३४ रन जोडे। रायन बर्लले २२ बलमा ३५ रनको योगदान दिए। उनले ५ चौका र १ छक्का प्रहार गरेका थिए। छैटौं विकेटका लागि यी दुईले ६० रनको साझेदारी गरेका थिए। जिम्बावेका अन्य ब्याटरले भने सम्मानजनक रन बटुल्न सकेनन्।
भारतका रवीचन्द्र आश्विनले ३, मोहमद शामी र हार्दिक पान्ड्याले २/२ विकेट लिए। भुवनेश्वर कुमार, अर्शदिप सिंह र अक्सर पटेलको नाममा १/१ विकेट रह्यो। त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो।
भारतका सूर्यकुमार यादव २५ बलमा ६ चौका र ४ छक्कासहित ६१ रनमा अविजित रहे। लोकेश राहुलले ३५ बलमा ३ चौका र ३ छक्कासहित ५१ रन जोडे। विराट कोहली २६, हार्दिक पान्ड्या १८ र कप्तान रोहित शर्मा १५ रनमा आउट भए। जिम्बावेका सेन विलियम्सले २ विकेट लिए। रिचर्ड न्गारावा, ब्लेसिङ मुर्जाबानी र सिकन्दर राजाले १/१ विकेट लिए।
भारतले ४ जितसहित ८ अंक जोड्यो। पाकिस्तानले ३ जितका साथ ६ अंक जोड्दै उपविजेता बनेर सेमिफाइनलमा स्थान बनायो। दक्षिण अफ्रिका ५ अंक जोड्दै समूह चरणबाट बाहिरियो। ४/४ अंक जोडेका नेदरल्यान्ड्स र बंगलादेश चौथो र पाँचौ भए। जिम्बावे ३ अंकसहित पुछारमा रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
