नरेनको शतकमा नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

नेपालका नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित ११२ रनमा नटआउट रहे। उनले ८२ बलमा शतक पूरा गरेका थिए। 

काठमाडौँ– नेपालले एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा नेपालले घरेलु टोली मलेसियासामु २५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाउँदै २५२ रन बनाएको हो। 

नेपालका नरेन भट्ट ११२ रनमा नटआउट रहे। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए।

सन्तोष यादवले २६ तथा सूर्यांशु कोइरालाले १८ रनको योगदान दिए। 

मलेसियाका मोहम्मद अक्रमले ३ विकेट लिए। एरिन अकिल, हजिक हाइक्वेल र मुहम्मद फदुलका नाममा १/१ विकेट रह्यो।