एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देश र जनताको समृद्धका लागि राम्रो काम गरेकाले आफूहरूलाई सरकारमा जान रोक्ने निरन्तर प्रयास भइरहेको बताएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको सेवाबापत प्राप्त सन्तुष्टि नै आफ्ना लागि सबैभन्दा ठूलो प्राप्ति हुने गरेको बताएका छन्।
सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन कार्यक्रममा आफूले प्रतिफलको आस नगरी देश र जनताको समृद्धिको काममा लागेको र यसबाट आफूलाई सन्तुष्टि प्राप्ति हुने बताएका हुन्।
“तपाईंले दान दिएपछि के प्रतिफल आउँछ? दान दिएपछि प्रतिफलभन्दा सन्तुष्टि मिल्छ। आनन्द मिल्छ तपाईंलाई। त्यसकारण सेवा गरेपछि के प्रतिफल आउँछ? आनन्द मिल्छ त्यसबाट। सन्तोष मिल्छ त्यसबाट। त्यही हो प्राप्ति,” उनले भने।
उनले सडक बालबालिकाको व्यवस्थापनको काम थालेको, दुर्गम ठाउँको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम शुरू गरेको भए पनि त्यसको श्रेय लिनुपर्छ भन्ने मान्यता नराखेको बताए। आफूले सरकारको नेतृत्व गर्दा भएका कामको विवरण सुनाउँदै उनले भने, “योबापत मैले श्रेय पाउँ भनेर होइन। मैले श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन। कसैले रामो भनोस्, राम्रो नभनोस्। तर राम्रो कामचाहिँ गर्नपर्छ। राम्रो काम अनवरत गरिरहनु पर्छ।”
उनले राम्रो काम गरेकाले नेकपा एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको पनि सुनाए। ‘देश समृद्धि होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा केही मानिस आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लागेको ओलीको भनाइ थियो।
“मेरो कुरा सुनेपछि यो मान्छेलाई सरकारमा पुग्न नदिन केही न केही उपाय गर्नैपर्छ भनेर थाल्छन्। किनभने यी कामहरू गर्नुको अर्थ उनीहरूको कारोबार बन्द हुन्छ। त्यसकारण केही मान्छेहरू त्यसविरुद्धमा लाग्छन फेरि,” उनले भने।
आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी गरेका ओलीले आफ्ना पालामा शुरू गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्याउने लगायतका थुप्रै काम गरेको त त्यसको जस पाउनुपर्छ भन्ने मान्यता नलिएको सम्बोधनका क्रममा पटक पटक दोहोर्याए।
“पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्तिहरू, अपांगता भएका व्यक्तिहरू समेतलाई प्रतिमहिना ४ हजार दिने गरी त्यो प्रबन्धमा मैले पुर्याएको छु आफैँले निर्णय गरेर,” उनले भने। अध्यक्ष ओलीले ज्येष्ठ नागरिक आश्रमलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
