नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

आइतबार दोस्रो बजारका लगानीकर्ता लघुवित्त कम्पनीमा आकर्षित देखिएका छन्।

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। नेप्से ४३.२० प्रतिशतले बढेर १ हजार ९६५.३६ विन्दुमा पुगेको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ८.०९ अंक, फ्लोट इन्डेक्स २.७९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.१६ अंकले बढेको छ।

यस दिन दोस्रो बजारका लगानीकर्ता लघुवित्त कम्पनीमा आकर्षित देखिएका छन्। सर्वाधिक सेयरमूल्य बढ्ने १० कम्पनीमध्ये ९ लघुवित्त कम्पनी छन्। मानुषी, जाल्पा सामुदायिक, नेस्डो, उपकार  लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

आइतबार १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरका ३९ लाख १३ हजार ५७३ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कारोबार रकमका आधार नेस्डो लघुवित्त, एभरेष्ट बैंक, हिमाल दोलखा हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त अगाडि देखिए।