नेपालले सेमिफाइनलमा सिंगापुरलाई ९८ रनले पराजित गर्दै फाइनलमा मलेसियासँगको भेट पक्का गरेको छ। मलेसिया यसअघि नै हङकङलाई पराजित गरेर फाइनलमा पुगेको थियो।
काठमाडौँ- नेपालले एसीसी इस्ट जोन कपको उपाधिका लागि मलेसियासँग खेल्ने भएको छ। सोमबार सम्पन्न सेमिफाइनलमा सिंगापुरलाई ९८ रनले पराजित गर्दै नेपालले मलेसियासँगको भेट पक्का गरेको हो।
अर्को सेमिफाइनलमा हङकङलाई ७८ रनले पराजित गर्दै घरेलु टोली मलेसिया फाइनल प्रवेश गरेको थियो। समूह चरणमा नेपालले मलेसियालाई ८४ रनले पराजित गरेको थियो। नेपाल र मलेसियाबीच उपाधिका लागि मंगलबार प्रतिस्पर्धा हुने छ।
दोस्रो सेमिफाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१.३ ओभरमा ८७ रनमै समेटियो। नेपालका कार्तिक कमातले सर्वाधिक ३ विकेट लिए। अभिषेक तिवारी, प्रतिक पोखरेल, सन्तोष यादव, आशोक धामी र नरेन भट्टले १/१ विकेट लिए।
सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले सर्वाधिक २४ रन बनाए। उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। कबीर बर्लियाले ११ रन बनाए भने प्रणव धनुका १४ रनमा अविजित रहे। अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
त्यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मेदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।
नेपालका ओपनर सूर्यान्शु कोइरालाले सर्वाधिक ४३ रन बनाए। उनले ४९ बलमा ६ चौका प्रहार गरे। अर्का ओपनर निरजकुमार यादवले ४९ बलमा ३ चौका र १ छक्कासहित ४२ रन बनाए। उनीहरूबीच पहिलो विकेटका लागि ७० बलमा ६३ रनको साझेदारी भएको थियो।
यस्तै, कप्तान अभिषेक तिवारीले २५, सन्तोष यादवले १८, प्रतिक भट्टराईले १२ र कार्तिक कमातले १० रन बनाए। दीपु कुमार भने १२ रनमा अविजित रहे।
सिंगापुरका लागि हरिहरणले सर्वाधिक ३ विकेट लिए। हर्ष वेंकटरा र कबीर बर्लियाले २/२ विकेट लिँदा प्रणव धनुकाको नाममा १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
