सोमबार बिहानदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो, दुइतर्फी आवागमन

सोमबार बिहान इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा पुनः पहिरो खसेपछि अवरुद्ध सडक खुलेको छ। पहिरोसँगै खसेको ढुंगा लागेर घाइते भएका ट्रकका चालकको उपचार भइरहेको छ।

भरतपुर- पहिरोका कारण सोमबार बिहानदेखि अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ। 

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा सोमबार बिहान  पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो।  पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन  गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। 

पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना ६ख ७१० नम्बरको ट्रक  चालकसमेत घाइते भएका छन्। घाइते चालकको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। 

यसअघि शनिबार रातिदेखि बन्द भएको सडक झण्डै १८ घण्टापछि आइतबार  साँझपख मात्रै खुलेको थियो। सोही स्थानमा गत बिहीबारदेखि पटकपटक पहिरो खस्दा सडक अवरुद्ध हुदैँ आएको छ।