नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५३.७० अंकले ओरालो लागेर २०९७.२९ मा सीमित भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.७० अंकले ओरालो लागेर २०९७.२९ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.२३ अंकले ओरालो लागेर ३९०.५२ मा सीमित भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ। कूल एक करोड १३ लाख २३ हजार १८३ कित्ता शेयर पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार ७०७ बराबरको कारोबार भएको छ।
शिवम् सिमेन्ट २७ करोड ५५ लाख ९६ हजार ४२७, सोल्टी होटल २० करोड ८६ लाख ५० हजार ३१६, सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ करोड ६७ लाख ५७ हजार २९२ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १४ करोड ६८ लाख ८१ हजार ८६७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। सिटी होटल ९.९८, एनसीसी ऋणपत्र ७.७८, लक्ष्मी इक्विटी फन्ड ५.५६ र लक्ष्मी उन्नती कोषका लगानीकर्ताले ५.४९ प्रतिशतले कमाएका छन्।
त्यस्तै, सिर्जनशील लघुवित्त ९.३२, माउण्टेन इनर्जी नेपाल ९.१२, गरिमा विकास लघुवित्त ८.०१, साधना लघुवित्त ७.५८ र गुराँस लघुवित्तका लगानकर्ताले ७.३६ प्रतिशतले गुमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
