सन् २०१९ जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए।
काठमाडौँ– सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो।
सन् २०२० को शुरूआतदेखि फैलिएको कोरोना महामारीका कारण घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ।
बोर्डका अनुसार सन् २०१९ जनवरीदेखि जुनसम्म कुल पाँच लाख ३६ हजार ५८ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। साथै सोही अवधिमा कोरोना महामारी शुरू भएको वर्ष सन् २०२० मा दुई लाख २० हजार, सन् २०२१ मा ५८ हजार र सन् २०२२ मा दुई लाख ४० हजार विदेशी पर्यटक नेपाल आएका थिए।
यस वर्षको जनवरीदेखि जुनसम्म नेपाल भित्रिने विदेशी पर्यटकको संख्या गत वर्षको तुलनामा ९७.७९ प्रतिशतले बढी हो भने सन् २०१९ को तुलनामा १६.९३ प्रतिशतले कम हो।
बोर्डका अनुसार यस वर्षको जनवरीमा ५५ हजार, फेब्रुअरीमा ७३ हजार २००, मार्चमा ९९ हजार ४००, अप्रिलमा ९८ हजार ७०० र मेमा ७७ हजार ७०० विदेशी पर्यटक नेपाल आएका थिए।
साथै जुनमा ७२ हजार २०० जना विदेशी पर्यटक नेपाल आएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
