मृतक कविताका श्रीमान् धीरेन्द्र शाह र ससुरा नागेन्द्र घटनापछि फरार छन्। सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
रौतहट– मौलापुर नगरपालिका– ४ मा शुक्रबार आमाछोरी मृत भेटिएका छन्।
पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही गएराति घरमै मृत फेला परेका हुन्। आरुहीको शव पंखामा झुन्डिएको अवस्थामा तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको डीएसपी उमाशंकरप्रसाद यादवले बताए।
मृतक कविताका श्रीमान् धीरेन्द्र शाह र ससुरा नागेन्द्र घटनापछि फरार छन्। सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएका छन्। उनको माइतीघर माधवनारायण–५ मिठुअवा गाउँ हो।
कविताका बुबा विजयशंकर शाहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए। उनका अनुसार छोरी र ज्वाइँबीच पटकपटक विवाद हुने गरेको थियो।
“बेलाबेलामा कविताले ज्वाइँले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएकी थिइन्। दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो,” उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
