प्रकाशशरण भन्छन्– चुनावपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि गठबन्धन सरकार बन्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने बताएका छन्।

महेन्द्रनगर– कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार बन्ने बताएका छन्।

मुलुकको विकास प्रक्रियालाई गति दिन गठबन्धन सरकार बन्ने र त्यसको नेतृत्व कांग्रेसले गर्ने उनको दाबी छ।

आइतबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले भने,"संविधानको मूल मर्ममाथि प्रहार हुन थाल्यो। विभिन्न बहानामा प्रतिगामी सल्बलाउने जस्तो देखियो। जनताले नै वर्तमान सरकारको निरन्तरता चाहेका छन्", उनले भने,"संविधानको रक्षा र देश विकास गर्नु छ। यही दायित्व वहन गर्न कांग्रेस नेतृत्वको सरकार आवश्यक हो।" 

निर्वाचनमा सत्ता गठबन्धनले स्पष्ट बहुमत हासिल गर्ने डा. महतको दाबी थियो। ‘कांग्रेसले यसपटक समानुपातिकतर्फ पनि मत प्रतिशत बढाउछ", उनले भने,"चुनावपछि यही गठबन्धनको सरकार बन्छ र देशमा विकासको लहर ल्याउछ।"