शुक्रबार सम्पन्न खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको छ। नेपालका आकाश धामीले सर्वाधिक ४ विकेट लिए।
काठमाडौँ– आकाश धामीको अलराउन्ड प्रदर्शनसँगै नेपाल एसीसी इस्ट जोन कपको समूह ‘ए’को विजेता बनेको छ।
शुक्रबार सम्पन्न खेलमा घरेलु टोली मलेसियालाई ८४ रनले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो।
नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको थियो। नेपालले पहिलो खेलमा थाइल्यान्डलाई २२५ रनले पराजित गरेको थियो।
नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको मलेसिया ३०.५ ओभरमा सबै विकेट गुमाउँदै ९९ रनमा समेटियो।
मलेसियाका मोहम्मद हरिलले सर्वाधिक २५ रन बनाए। उनले ५४ बलमा १ चौका र १ छक्का प्रहार गरे।
कप्तान मोहम्मद अलिफले १५ र मोहम्मद अक्रामले १२ रन प्रहार गरे। यस्तै, एरियन अकिल १० रनमा अविजित रहे। अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका आकाश धामीले सर्वाधिक ४ विकेट लिए। उनले ७ ओभरमा १४ रन खर्चिए। अभिषेक तिवारीले ३, सन्तोष यादवले २ र कृतिक कामतले १ विकेट लिए।
त्यसअघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३३.४ ओभरमा सबै विकेट गुमाउँदै १८३ रन बनायो।
नेपालका तल्लो क्रमका आकाश धामीले सर्वाधिक ५२ रन प्रहार गरे। उनले ३६ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। उनले नरेन भट्टसँग ३४ बलमा ४५ रनको साझेदारी गरे।
ओपनर सूर्यान्शु कोइरा २९, नरेन भट्ट २९, कृतिक कामत १६ र दीपु कुमार १५ रनमा आउट भए।
मलेसियाका हजिक हाइकल, मोहम्मद अक्रम, एरियन अकिल र मोहम्मद मुकरीले २/२ विकेट लिए। मोहम्मद फतुल फात्रीको नाममा १ विकेट रह्यो।
नेपालले सेमिफाइनलमा अब समूह ‘बी’को उपविजेता सिंगापुरसँग खेल्ने छ। शुक्रबार नै हङकङले सिंगापुरलाई ७ विकेटले पराजित गर्दै समूह ‘बी’को विजेता बनेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
